खोरिया युवा क्लबद्वारा प्राथमिक उपचार सम्बन्धि सचेतना

जानकी पोस्ट, २४ असोज ,सिरहा । सिरहाको नरहा गाउँपालिका-३ स्थित खोरियामा प्राथमिक उपचार सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय खोरिया युवा क्लब र नरहा युवा ग्रुपद्वारा नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन यस्तो कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुलाई क्लबका युवाहरुले प्राथमिक उपचार सम्बन्धि सचेतना दिए ।

 

यस जनचेतना मुलक कार्यक्रममा समान्य चोट पटक लागेको बेला अस्पताल पुर्याउनु भन्दा पहिला प्राथमिक उपचार के कसरी गर्ने, आगोले पोल्यो भन्ने के गर्ने वा न गर्ने, बिजुलीको भ्कट्काको लागि प्राथमिक उपचार, सर्पदंशको लागि प्राथमिक उपचार, समान्य हड्डी भंग भएको बेला प्राथमिक उपचारमा बारे आज यस कार्यक्रममा सहभागिताहरुलाई सचेतना दिए।

उक्त कार्यक्रमा सहभागिता भएका बुद्धिजीवी ज्ञान्देब यादव, धिरेन्द्र यादव, बिल्वेर महरा र युवा कलब बाट बिरेन्द्र ठाकुर, शर्वन सिंह, राम प्रशाद महतो, सोनु ठाकुर, प्रदिप महतो आदिको उपस्थिथिमा कार्यक्रम सम्पन्न भएको छ।