सिरहा : अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको उपल्क्षमा रैली प्रदर्शन

जानकी पोस्ट ,२९ असोज , सिरहा :अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको उपल्क्षमा सनराइज युवा सिरहा संजालका युवाहरुद्वारा रैली प्रदर्शन गरिएको छ।

सनराइज युवा सिरहा संजालद्वारा निकालिएको रैली गोलबजारको गोलपार्क (गोल्चकर) देखी गोलबजारको रा.रा तामांग जनता बहुमुखी क्याम्पस, शिव मन्दिर हुदै बजारबाट निस्केर इलाका प्रहरी कार्यलय जादा बाटो बिचमा एक मानसिक स्थिथि खराब भएको महिलाद्वारा सर्बसाधारण जनता तथा रैलीमा सहभागी भएको युवाहरु माथी ढुंगा मुडा  गर्न खोज्दा युवाहरु त्रासिएर इलाका प्रहरी कार्यलय न पुगी अर्को बाटो भई पुन : गोल्चकरमा पुगी प्रदर्शन समाप्त गरेका  थिए।

 

साथै प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई फासी दे, stop women violence, Stop Rape, Break Silence Speak For You, Be Self Defenced नाराहरु समेत लगाएका थिए।

प्रदर्शन पछि भएको कोण सभामा आरम्भ साईन्स एंड कलचर क्लबका अध्येक्ष राम कुमार यादव, सिरहा युवा संजालका सदस्य शत्रु यादव, सनराइज युवा सिरहा संजालकी सचिब कन्चन शाह र अन्य सदस्यहरु समेत आफ्नो मन्तब्य राखेको थिए।

उक्त रैली सनराइज युवा सिरहा संजाल, आरम्भ साईन्स एंड कलचर क्लब & सिरहा युवा संजालक सहकार्यमा भएको थियो।

Click here to Watch Videos: