जनकपुरधाम ,वडा दशैंको तेस्रो दिन नव दुर्गाको तेस्रो रुप माता (हिन्दुधर्मावलम्बीहरुको लागि) चन्द्रघण्टा (Chandraghanta) को पूजा विधिवत रुपमा गरिदैछ ।
९ दिनसम्म चल्ने नवरात्रीको लागि जनकपुरको राजदेवी सहित विभिन्न स्थानमा दुल्ही झैं सजाइएको छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा ९कलश०को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।
घण्टीको जस्तो आधा चन्द्र आकार भएकी चन्द्रघण्टा पार्वतिको तेस्रो आँखा सँधै खुलेको हुन्छ । सँधै प्रेतहरू विरुद्ध लड्न तयार हुने मानिएकी माता चन्द्रघण्टा चन्द्रखण्ड, चण्डिका वा रण चण्डी पनि भनेर चिनिन्छिन्। उनको पूजा नवरात्रि (नवदुर्गाका नौ दिव्य रातहरू) को तेस्रो दिनमा हुन्छ।
उनी आफ्नो अनुग्रह, बहादुरी र साहसका साथ मानिसहरूलाई पुरस्कृत गर्ने विश्वास गरीन्छ। उनको अनुग्रहले भक्तहरूको सबै पाप, कष्ट, शारीरिक कष्ट, मानसिक समस्या र भुतहाली अवरोधहरू मेटिने जनविश्वास र धार्मिक आस्था रहिआएको छ ।
जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
वडादशैंको चौथो दिन मँगलबार हिन्दुधर्मावलम्बीहरुले माता कुश्माण्डा (Goddess mata Kushmanda)को पूजाआजा गर्ने भएको छ ।