सिरहा : एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

जानकी पोस्ट ,३ कात्तिक, सिरहा । सिरहा प्रहरीले एक क्विन्टल लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मिर्चेया नगरपालिका-१ मनहर्वास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना.५ त.१४ नम्बरको ट्याक्टरलाई आइतबार राति चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको प्रहीले जनाएको छ ।

 

५ पोका ठूलो र २ पोका सानो प्लाष्टिकको बोरामा राखिएको उक्त गाँजा फेला परेपछि ट्याक्टर चालक मिर्चैया नगरपालिका-१ बस्ने १९ वर्षीय सुन्दर कापर र सह चालक सोही ठाउँका २६ वर्षीय जितेन्द्र महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

लागूऔषध गाँजासहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News