सिरहा : खोरिया गाउँका एकै परिवारका दुई बालकको पोखरीमा डुबेर मृत्यु

जानकी पोस्ट, ११ कार्तिक,सिरहा। सिरहाको नरहा गाउँपालिका–३ खोरियाका एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव सोमबार बेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा भेटिएको हो । उनीहरुको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

 

उनीहरुको खोजतलास गर्ने क्रममा शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।

प्रहरीका अनुसा उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुन्सधान भइरहेको जनाइएको छ ।

वडाध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराइरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।
दुवै शप पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News