बिष्णुपुर गाँउपालिकामा हरेक काम निति र नियम संगत : अध्यक्ष यादब

जानकी पोस्ट , १७ कार्तिक , सिरहा : बिष्णुपुर गाँउपालिकाका अध्यक्ष जागेश्वर यादवले गाँउपालिकामा हरेक काम निति नियम संगत र प्रकृयागत नै भईरहेको दावी गरेका छन् ।

अध्यक्ष यादवले विकास निमार्णको काम होस या अन्य काम आफुले पनि कहिले भ्रष्टाचार नगर्ने र अरु कसैलाई पनि भ्रष्टाचार गर्न नदिई समृद्ध बिष्णुपुर गाउँपालिका बनाउने अभियानमा लागेको बताएका छन् ।

 

 

बिष्णुपुर गाँउपालिका वार्ड नं १ का वडा अध्यक्ष गोपिन्द्र यादवले गापा अध्यक्ष यादवमाथी लगाएको बिभिन्न आरोपहरुलाई पत्रकार सम्मेलन गर्दै गापा अध्यक्ष यादवले भने, वार्ड नं १ का वडा अध्यक्षले लगाएको बिभिन्न आरोपहरु सरासर गलत र निराधार रहेको स्पष्ट पारे । पत्रकार सम्मेलनमा गापा अध्यक्ष यादवले बोल्दै भने, मैले कसैलाई काखापाखा, भेदभाव नगरेको र ५ वटै वडामा आवश्यकता अनुसार समान ब्यबहार गर्ने गरेको बताए ।

म त सादगी जीवन जिउने र जनताको सेवा गर्न ठूल्लै भवनमा बसेर आईसमोजका साथ काम गर्ने त्यो पनि मेरो सोंच हैन । म जनताको मालिक हैन, सेवक भएर काम गरिरहेको छु । गापा कार्यालयमा कोठा आभावकै कारण सबै कर्मचारीलाई ब्यबस्थापन गरी मैले आफनो लागि एउटा छुट्टै टाली खपराको छानामूनी बसी जनताको सेवा गर्दै आईरहेको अध्यक्ष यादवले स्पष्ट पारे । यती मात्र हैन, ५ वटै वडामा जारी विकास निमार्णको काममा म आफै पनि निगरानी राख्दै आईरहेको बताए ।

अध्यक्ष यादवले थपे, मलाई सम्पती जोडने कुनै किसिमको लोभ लालच नरहेको र गापामा सार्बजनिक सम्पती कब्जा गर्दै आईरहेको जीमदारहरुबाट सम्पती खोसी जीमदारी प्रथाको अन्त समेत गरी सार्बजनिकिकरण गर्न सफल भईरहेको पनि बताए । सामुदायिक हितको कामकाज गर्न निकै नै चुनौती र बाधाहरु आउने भएपनि आफुले यस्ता बाधालाई सहज किसिमले सामाधान गर्दै अगाडी बढीरहेको र यहाँ जनताको सहयोग रहेकोले कसैले केही बिर्गान नसकिरहेको पनि अध्यक्ष यादवले बताए ।

गा पा अध्यक्ष यादवले भने, निराधार र गलत आरोप लगाएको वडा अध्यक्ष गोपिन्द्र यादवकै वडा नं १ मा वडा कार्यालय निमार्णको लागि ८४ लाख बजेट र अन्य ४ वटा वडा कार्यालय निमार्णको लागि ३५(३५ लाखको बजेटमा मात्र बनाउन लगाएको र वडा नं १ को वडा कार्यालय निमार्णमा मैले आफै निगरानी राखी काम गराई रहेको पनि बताए । पोखरी ठेक्का, कर्मचारी भर्ना सबै नियम र कानून सम्मत नै गरेकोले बिष्णुपुर गाउँपालिकाबासी खुशी अनुभव गरिरहेको र केही मुठ्ठीभरलाई खुशी गर्न नसकेको पनि अध्यक्ष यादवले स्पष्ट पारे ।

वडा नं १ का वडा अध्यक्षलाई ब्यक्तिगत रुपमा फाईदा हुने काममा मात्र सहमती र सही गर्ने गरेको र फाईदा नहुने काममा सही नगर्ने गरेको अध्यक्ष यादवले आरोप लगाए । बिष्णुपुर गाउँपालिकामा नमूना काम भईरहेको भन्दै पत्रकारहरुलाई स्थलगत अवलोकन पनि गराए । सम्मेलनमा अध्यक्ष यादवले १४ वटा बिवादित कुट्टीको मुद्धा जितेको जसमा करौडौको सम्पती रहेको थियो । मैले राम्रो कामको लागि सबैसंग सल्लाह सुझाव पनि लिने गरेको गापा अध्यक्ष यादवले बताए ।

यता वडा नं १ का वडा अध्यक्ष गोपिन्द्र यादवले पनि बुधवार पत्रकार सम्मेलन गरी गापा अध्यक्ष जागेश्वर यादवले कर्मचारी भर्ना, पोखरी ठेक्का, विकास निमार्णको काम लगायतमा मनमाना ढंगले गर्दै आईरहेको आरोप लगाएको थियो

पोखरी ठेक्का, कर्मचारी भर्ना सबै नियम र कानून सम्मत नै गरेकोले बिष्णुपुर गाउँपालिकाबासी खुशी अनुभव गरिरहेको र केही मुठ्ठीभरलाई खुशी गर्न नसकेको पनि अध्यक्ष यादवले स्पष्ट पारे ।

 


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News