ओलाङ्चुङ्गोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुने

जानकी पोस्ट , २३  कार्तिक , काठमाडौँ :    ओलाङ्चुङ्गोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिनुभएकोे छ ।
फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुककै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटोभन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उहाँका उच्च प्राथमिकतामा परेका थिए ।
मन्त्री भट्टराईल तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सके मात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँलै सोहीअनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह पनि गर्नुभयो । जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो ।
यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसंग जोडिएको छ । ओलाङचुङगोला स्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ । यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला –७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।
व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्वपूर्ण रहेको उहाँको भनाइ छ । गृह जिल्लाका जनताको गुनासो सुन्न , विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिसँग छलफल गर्न शुक्रबार यहाँ आउनुभएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका ३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गर्नुभएको थियो । हिजो  उहाँले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको समेत अवलोकन गर्नुभएको थियो ।

Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News