जानकी पोस्ट ,सिरहा : सिरहा स्थित धनगडीमाई वडा नं ८ कसहा बस्ने पिडित विजय कुमार सिंहको कानमा भएको घाउको अपेरेशन एक महिना आगाडी हेल्प मधेशी संस्था, न्यु बिसमिल्ला नेपाल समाज सुधार संस्था र सनराईज युथ सिरहा संजालको अगुवाईमा भएको थियो। उद्वारपछि आज पिडितको अवस्था बुझ्न हेल्प मधेशीका प्रतिनिधिहरु दैलोमा पुगेका थिए।
पिडित विजय कुमार सिंहको घर परिवार न हुनाले स्थानीय राम कुमार यादवको घरमा बसेर ज्याला मजदुरी गरी आफ्नो गुजारा चलाउदै आएको छ। विजय कुमार सिंहको कानमा करिब एक वर्ष देखि कानमा घाउ भएर पिडामा थिए। डाक्टरले कानको ओपेरेशन गर्नु पर्ने बताए पनि पैसाको अभाबले गर्दा उनको उपचार हुन सकेको थिएन र सिंह पिडा सहेर आफ्नो जीवन बिताउदै थिए।
एक महिना अगाडी हेल्प मधेशी संस्थाको सदस्य राम मार्फत पिडित विजय कुमार सिंहको समस्या SYSS (Sunrise Youth Siraha Sanjal) को समक्ष राखेको थियो ।
SYSS (Sunrise Youth Siraha Sanjal) द्वारा समाजिक सञ्जाल र अन्य संघ संस्था सँग आर्थिक सहयोगको लागी अपील गरेको थियो । अपील गरेपछि न्यु बिसमिल्ला नेपाल समाज सुधार र हेल्प मधेसी संस्था बाट आर्थिक सहयोग पाएपछि पिडित विजय कुमार सिंहलाई Sunrise Youth Siraha Sanjal को अगुवाईमा उपचार गर्न धरान लागेको थियाे। उक्त पिडितलाई Syss का उपाध्यक्ष पारस जैसवाल र कोसाअध्यक्ष सन्तोष साह स्वयम जानु भाको थियो। त्यहा लगभग १० दिन पछि सब टेस्टहरु पुरा गराएर पिडित सिंहको अपेरेशन असोज ३० गते सफल भएको थियो ।
पिडित व्यक्ति विजय कुमार सिंहको उद्धार सफल भए पछि हेल्प मधेशी संस्थाका प्रतिनिधीहरु पिडित सिंहको अवस्था बुझ्न कसहा पुगेको थियो।
दैलोमा पुगेको हेल्प मधेशी संस्थाका अध्येक्ष राम उदगार यादवले भने, सनराइज ग्रुप सामाजिक कार्यमा धेरै प्रगतिशील रहेको छ । अगामी दिनमा पनि सामाजिक कार्यमा हेल्प मधेशी संस्थाले हर प्रकारको सहयोग गर्ने अध्यक्ष यादवले बताए ।