जानकी पोस्ट , १५ मंसिर , लहान :युवा संघ नेपाल, सिराहाले आयोजना गरेको ,मृतक बालिका स्व: गुलाब साह खातुन को श्रदाञ्जलि कार्यक्रममा बोल्दै लहानका युवा तथा कानुन अध्यनरत बिधार्थी श्री नीतीश नन्दन यादवले भने मधेश र मधेशीलाई विश्वमा चिनाउन लहानको कति भूमिका छन यो सरकारले कान खोलेर सुने हुन्छ ?
त्यसको प्रत्याभूति दिलाउने मौका फेरि लहान लाई नदिउन् सरकार । जुन देशमा महिला राष्ट्रपति छन , त्यो देशमा महिला नै असुरक्षित छन । यो राष्टपति सम्पूर्ण देश को नभएर केही वर्ग समुदाय को मात्र हो। यति मात्रै होइन , काठमाडौंमा आन्दोलन हुँदा , पानीको ट्यांकी आउँछन् , भीड नियन्त्रण हुन्छ तर मधेशमा केवल त्यो विरोध गर्दा गोली नै चनाउनु पर्ने यो कहा को न्याय हो? के पानी र गोली बराबर हुन ? एकछिन त नीतीश को बोलीले लहान वासीको मुटु नै छोएको देखियो , सबै भावुक बन्दै ,सुन्दै थिए ।
अब युवा जाग्नु जरुरी छन । युवा उठे जस्तो सुकै सरकार र कानून फेल हुन्छन्। बालिका को आत्मा ले शान्ति पाउन र बालिका को सम्झना मा द्वीप प्रज्वलन समेत गरी सभा समापन गरियो ।