सिरहामा रंग भेद दिवस लगायत प्रथम वडा अधिवेशन कार्यक्रम सम्पन्न


सिरहा, १० मंसिर : सिरहा जिल्ला स्थित (Naraha Rural Municipality) नरहा गा पा ३ मा आज रंगभेद विरुद्धको एकता दिवस र प्रथम वडा अधिवेशन कार्यक्रम सम्पन्न गरिएको छ।

जनमत पार्टी नरहा गाउँपालिका वडा नं ३ को वडा अधिवेशन गरी ११ सदस्य वडा समिती गठन गरिएको छ। उक्त अधिवेशन बाट उमा नाथ महतो ज्युको अध्यक्षतामा ११ सदस्य वडा समिति र उक्त वडामा रहेका टोलहरुमा टोल समिति सर्ब सहमतिबाट निर्वाचित हुनुभएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी मुस्लिम जनमत संघ सिरहाका अध्य्क्ष मेहेरे आलम, विद्यार्थी जनमत संघ सिरहाका अध्य्क्ष अरविन्द सहनी, जनमत पार्टी सुचना तथा संचार प्रमुख रंजित यादव , जनमत पार्टी नरहा गा पा २ का अध्य्क्ष राधा कृष्ण यादव, जिल्ला अधिवेशन समिति सदस्य नेत्री कविता सिंह लगायत स्थानीय वासिन्दाहरुको उपस्थिथि रहेको थियो।

रंभेद दिवसको सानो इतिहास ?

आज भन्दा ६ वर्ष अगाडि काठमाडौंमा मधेशीहरुलाई रंगका आधारमा पक्राउ गरेको विरोधमा प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको एकता दिवस मनाइन्छ।

२०७१ साल मंसिर १० गते काठमाडौंमा डा.सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।

नेपालमा रंगका आधारमा मधेशी–थारु–जनजातिहरुसँग विभेद भइरहेको भन्दै विरोध गरिएको थियो।