सिरहा : होटल सञ्चालकसहित यस्तो अवस्थामा फेला परे यौ’नक’र्मी युवतीहरु


जानकी पोस्ट ,१७ कार्तिक ,सिरहा : अ’वैध यौ’नजन्य कार्यमा संलग्न रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका–६ स्थित एक होटल सञ्चालकसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले विकास होटल एण्ड लजका सञ्चालक रामसुन्दर साह र अन्य दुई महिलालाई पक्राउ गरेको हो । बाहिरबाट होटलमा महिलालाई बोलाएर अ’वैध यौ’नजन्य कार्यमा लगाउने गरेको गोप्य सुचनाका आधारमा होटलबाट होटल सञ्चालक साह तथा दुई महिलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए  ।

 

होटलमा ग्राहक आएपछि होटल सञ्चालक साहले यौ’नक’र्मीलाई फोन सम्र्पक गरी बोलाएर ग्राहकसँग अ’वैध यौ’नजन्य कार्य गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राईले बताए । सांकेतिक तस्विर

यो पनि : प्रहरीबाटै लु ‘टिन्छन् यौ नकर्मी युवती

‘त्यही प्रहरी आएर हामीसँग यौ न सम्पर्क गर्छ, त्यही प्रहरीले समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,’ एक युवतीले आफ्नो पी डा टुंग्यानउ नपाउँदै अर्कीले भनिन्, ‘थाकेका हुन्छौं, गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुकेा ओछ्यान तताएनौ भने पक्राउ गर्छन् । हामी धेरै प्रहरीबाटै शो षणमा परेका छौं ।’

बिर्तामोडस्थित एक होटलमा यौ न व्यवसाय गरिरहेकी युवतीले यसरी सामूहिक पी डा सुनाउँदा अनुहारमा निकै पीडा थियो । पेट पाल्न शरीर बेच्न बा ध्य भएका उनीहरु प्रहरीबाट थप पीडित बन्नुपरेको व्यथा पोखिरहेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीले आफूहरुप्रति यौ न हिं सा र गर्ने गरेको व्यथा सुनाउँदै देह व्यापारमा संलग्न चार युवतीले एकै साथ भने, हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो ध म्काएर शा रीरिक स’म्पर्क गर्न त मिल्दैन नि !’