पूर्वक्रिकेटर रैनाको क्रिकेट एकडेमीद्वारा जम्मु-काश्‍मीरमा प्रशिक्षण 


जम्मु । जम्मु काश्‍मीरमा पूर्वक्रिकेटर सुरेश रैनाको क्रिकेट एकेडेमीले विभिन्‍न उमेर समूहका लागि विभिन्‍न इकाइहरु सुरु गर्ने तयारी थालेको छ ।

सुरेश रैना क्रिकेट एकेडेमीले विभिन्‍न इकाइहरूमा प्रशिक्षण गर्ने खेलाडीहरुको सर्टलिस्टका लागि परीक्षण भइरहेको जनाइएको छ ।

प्रशीक्षणमा सहभागी हुन चाहने खेलाडीहरुको परीक्षण जम्मु मौलाना आजाद स्टेडियममा हुने जनाइएको छ । डिसेम्बर २७ सम्म परीक्षण हुने र त्यसपछि सर्टलिस्टमा परेकाहरुलाई प्रशिक्षणमा सहभागी गराइने भएको छ ।

सुरेश रैना क्रिकेट एकेडेमीले हालसालै कश्मीर र खेलकुद परिषद्सँग एक समझौतापत्रमा हस्ताक्षर गरेको छ । जम्मु काश्‍मीरमा पछिल्लो समय खेलकुद गतिविधिहरुमा वृद्धि भइरहेको छ ।