प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबूक पेज ह्याक

जानकी पोस्ट, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउतको अधिकारिक फेसबुक पेज ह्याक (CM Official Facebook Page Hacked) भएको छ ।

CM lalbabu Raut नामक फेसबूक पेजबाट मुख्यमन्त्री राउतको दैनिक रुपमा सार्वजनिक गतिविधिहरु पोष्ट हुँदै आएकोमा आज विहान बिदेशी ह्याकरले आफ्नो नियन्त्रणमा लिएको हो ।

ह्याकरले राउतको पेजमा एक जापानी मूलकी नागरिक जस्तै देखिने महिलाको फोटो प्रोफाईलमा राखेको देखिएको छ । यसका साथै मुख्यमन्त्री सँचार सचिवालय प्रदेश नं. २ नामक पेज पनि ह्याक भएको छ ।

सो पेजमा मुख्यमन्त्रीको गतिविधिहरु अपडेट हुँदै आएकोमा जापानी वा चाईनीज भाषामा नाम परिवर्तन गरिएको देखिएको छ । फेसबुक पेज ह्याक भएपछि मुख्यमन्त्रीका सँचार सचिवालयले ह्याक भएको अधिकारीक जानकारी दिँदै केही अन्य समाग्री पोष्ट हुन गएमा अन्यथा नलिन आग्रह गरेको हो ।

यद्यपी, पेज फिर्ता ल्याउने प्रयास जारी रहेको बताईएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News