जानकी पोस्ट , सबिन यादव ,सिरहा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरुद्धमा शनिबार सिरहाको गोलबजारमा वृहत प्रदर्शन गरिएको छ ।
नेपाली काँग्रेस निकट भातृ सँगठन तरुण दल सिरहाको आयोजना सिरहाको गोलबजारमा गरिएको वृहत प्रदर्शनमा सयौंको सँख्यामा सडकमा उत्रेका नेता तथा कार्यकर्ताहरुले केही बेर पूर्वपश्चिम राजमार्ग कब्जा गरेका थिए ।
प्रदर्शनको क्रममा गोलबजारको सडकमै बसेर नाराजुलुस गरेपछि केही बेर राजमार्ग भएर चल्ने हजारौ सवारी साधन जकथक परेको थियो । नेपाल तरुण दलका जिल्ला सदस्य एवम् युवा नेता अरबन्दि मण्डलको नेतृत्वमा निकालिएको विशाल जुलुसमा वर्तमान सरकारविरुद्ध चर्को नारावाजी गरिएको थियो ।
सयौंको संख्यामा उपस्थित तरुणका युवाहरुले “नेपालि कांग्रेस जिन्दावाद , नेपाल तरुण दल जिन्दावाद , केपि ओलि मुर्दबाद , प्रहरी दमन बन्द गर , नेकपा सरकार चाहिन्दैन ,भ्रष्ट सरकार चाहिन्दैन” जस्ता नारा लगाउँदै गोलबजार तताएका थिए ।
प्रदर्शनपछि कोणसभामा बोल्दै तरुण दलका नेताहरुले वर्तमान सरकारको हैकमवादी प्रवृति र दादागिरी विरुद्ध आन्दोलनको कुनै अर्को विकल्प नरहेको बताए । उनले ओली सरकारले दुई तिहाईको रट लगाएर बस्दै आम नागरिकमाथि मात्र नभई राजनीतिक दलका वरिष्ठ नेताहरुमाथि पनि पार्टीगत रिसबी साधेको आरोप लगाए ।
कोणसभामा पूर्व साँसद मुख्तार अहमद , पूर्व उपसभापति अमर रेग्मी , जिल्ला सभापति रामचन्द्र यादव, प्रदेशको प्रत्याशी डा. सुभाष चन्द्र यादव, क्षेत्रीय सभापति संजय प्रकाश यादव ,किसान संघका जिल्ला सभापति कौशल मण्डल , नेपाल तरुण दल जिल्ला सदस्य अरबिन्द मण्डल , धनेश्वर यादव , गोलबजार नगर अध्यक्ष निरज सिंह , खुशीलाल ठाकुर ,रमेश राय , जितेन्द्र यादव , आदित्य सिंह , शेखर यादव , सन्तोष यादव , सोगारथ यादव ,नरहा गा।पा संयोजक महेश्वर यादव , धिरेन्द्र यादव लगायत नेपाल तरुण युवाहरूले आ–आफ्नो धारणा राखेका थिए ।