जानकी पोस्ट ,२३ मङ्सिर , नवलपरासी । आज Dec 8 , आजकै मिति मा १८१६ को सन्धि भएको थियो । उक्त सन्धि नेपाल र ब्रिटिश साम्राज्य शासित भारत (East India Company) सँग भएको थियो । उक्त सन्धिको बुँदा नं ७ अनुसार मधेश, मधेसी र नेपालको जनता ऊपर कुनै किसिम को भेदभाव हुने छैन । मधेशी लाई पनि नेपाली सरह व्यवहार गरिने छ। उक्त सम्झौता अर्थात् सन्धि अनुसार मधेशी जनता माथि कुनै किसिम को जुर्म , बलात्कार , भेदभाव , अन्याय, अत्याचार लगायत का कुनै किसिम को दुवाभव हुने छैन।
तर, आजको अवस्था मा नेपाल मा मधेशी लाई दोस्रो दर्जा को नागरिक सम्झिदै छन। त्यो १८१६ को सन्धि लाई कुनै कार्यान्वन भएको देखिँदैन । तसर्थ यी र यस्ता सम्झौता हरु लाई कार्यान्वन को निम्ति निरन्तर विरोध जस्ता कार्यक्रम गरिरहने स्वाधिन मधेश जन अभियान का राष्टि्य संयोजक प्रा. कैलाश महतो ले जानकारी दिनु भयो।
आजको कार्यक्रम महोत्तरी, धनुषा , बारा , नवलपरासी लगायतका जिल्ला हरु मा सम्पन्न भएको हुँदा यो कार्यक्रमले नेपाल सरकार लाई आँखा खोल्ने काम गरेका छन, साथै मधेशी जनता को नेतृत्व केवल स्वाधिन मधेश जन अभियान ले मात्रै गर्न सक्छन् भनेर पनि संयोजक महतो ले स्पष्ट पार्नु भयो।
धारा – ७ त्यसका साथै युद्धको अवधिताक बेलाइत सरकारको पक्षलाई समर्थन गर्ने तराईका कुनै पनि बासिन्दाहरूलाई नेपालका श्री५ महाराजाधिराजको शासनमा फर्केपछि अभियोग नलाउने कुरामा मौसूफ सहमत होइबक्सन्छ र जमीनमा खेती गर्नेहरूदेखि बाहेक यी प्रजाहरूमध्ये कोही आफ्नो भू-सम्पत्तिहरूलाई छोड्न इच्छुक भई कम्पनीकै इलाकामा बस्ने भएमा तिनलाई कुनै बाधा पु¥याइने छैन ।
(Moreover, the Rajah of Nipal agrees to refrain from prosecuting any inhabitants of the Terai, after its revertance to his rule, on account of having favoured the cause of the British Government during the war, and should any of those persons, excepting the cultivators of the soil, be desirous of quitting their estates, and of retiring within the Company’s territories, he shall not be liable to hindrance).