प्रदेश २ : लोकसेवा आयोगद्वारा २४ पदमा विज्ञापन आह्वान

२५ मंसिर, जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगले (Province No. 2 Loksewa) पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिल स्यानिटरीमा २, सिभिल इरिगेसनमा १ र सिभिल जनरल पदमा २ जनाको माग गरिएको छ ।

आरक्षणतर्फ महिलाका लागि सिभिल हाइवे, सिभिल स्यानिटरी, सिभिल जनरल पदमा १/१ जना माग गरिएको छ । त्यस्तै सिभिल, हाइवे र सिभिल जनरलमा आदिवासी जनजाति १/१ र मधेसी १/१ पद माग गरिएको छ ।

खुल्लातर्फ सिभिल, विल्डिङ एण्ड आर्किटेस्टमा ४ जना, आरक्षणतर्फ महिला, आदिवासी जनतजाति, मधेशी र दलितका लागि १/१ पद आरक्षण दिइएको छ ।

जियोलाजी हाइड्रोजियोलोजी खुल्लामा १ जना माग गरिएको छ भने महिला १ जना माग गरिएको छ ।

हेर्नुहोस् विज्ञापन

 


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News