जानकी पोस्ट, सिरहा: सिरहाको सिरहा नगरपालिकास्थित चन्द्र नमूना माध्यमिक विद्यालय (प्राविधिक)का शिक्षक सकलदेव यादवको फरक–फरक जन्म मिति रहेको फरक–फरक नागारिकता प्रमाण पत्र फेला परेपछि कारवाहीको प्रक्रिया अगाडि बढेको छ ।
एकै नागरिकता नम्बर रहेको तर फरक–फरक प्रतिलिपिमा फरक–फरक जन्म मिति भएको नागरिकताको प्रतिलिपि पेश गरेर राज्यलाई ढाँट्दै आएका यादवलाई कारवाही गरिएको छ ।
राज्यलाई ढाँटेर आफ्नो जागिरको समयावधि बढाउन तथा तलब, सहित विभिन्न रकमहरू लामो समयसम्म खाने उद्देश्यले कीर्ते नागरिकता पेश गर्ने शिक्षकलाई कारवाहीस्वरूप मंसिर २३ गते सेवाबाट अनिवार्य अवकाश दिइएको छ । सिरहाको माडर घर भएका शिक्षक यादव सिरहा जिल्लाका चर्चित शिक्षक नेता हुन् । उनी नेपाल शिक्षक संगठनको २ नम्बर प्रदेशको अध्यक्ष पनि हुन् ।