सप्तरी : मिलको फित्तामा बेरिएर १७ वर्षीया युवती पण्डितको मृत्यु

राजविराज : सप्तरीमा आफैले चलाएको मिलको फित्तामा बेरिएर एक युवतीको मृत्यु भएको छ ।

मिलको फित्तामा कपाल बेरिएर कृष्णसावरन गाउपालिका ६ कि १७ वर्षीया नेमिया कुमारी पण्डितको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले बताए ।

उनका अनुसार मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए । तर प्रत्यक्षदर्शीले घटनाबारे प्रहरीलाई बताएपछि बाहिरिएको हो ।

मृतक किशोरीको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लगिएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News