जनकपुरकी ‘आरती सिँह’ मिसेस नेपाल टुरिजम २०२० की प्रतियोगी, गरिन् भोट अपिल अब केही घण्टा बाँकी

जानकी पोस्ट, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।

आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२ बजेदेखि नै भोटिँग सुरु भएको छ । अनलाइनबाटै प्रतियोगिताको थर्ड सिजनको फाइनल हुन लागेको जनाइएको छ ।

स्टार वान इन्टरटेनमेन्ट काठमाण्डौँले आयोजना गर्दै आएको प्रतियोगिताको “मिसेस नेपाल टुरिजम २०२० र नेपालका महिलाको शसक्तिकरण ” मूल नारा सहित आयोजना गरिएको सो प्रतियोगितामा मधेश मूलकी आरती सिँहले आफूलाई भोट गरी सहयोग गर्न अपिल गरेकी हुन् ।

प्रतियोगिताको भोटिङ राउण्डसम्म पुगेकी प्रतियोगी आरती सिंहले जुनसुकै ठाउँबाट पनि अनलाईन मार्फत भोट गर्न सकिने जनाएकी छिन् । भर्खरै सम्पन्न मिस नेपाल इन्टरनेश्नलको प्रतियोगितामा मधेशकी छोरी सँध्या शर्माले बाजी मार्न सफल भएकी छिन भने आरती सिँहलाई पनि आ आफ्नो ठाउँबाट सहयोग गरिए नतिजा कुशल आउने विश्वास गरिएको छ ।

उनले आफूलाई भोट गरिदिन यस प्रकारकी स्टेटस लेखेकी छन् ।

Google मा जाने , globalonlinepay.com type गरि ,Righ side मा EVENT मा click गरेपछि Mrs Nepal 2020 पेज खुलछ त्यसमा click गरेपछि Aarti Singh लाई भोट गर्न मिलछ। जुन यहाँहरुले आफ्ने मोबाइल वाट वा नजिक, इ -सेवा , IME Pay , हजुरको कुनै पनि mobile banking A/C, app / Master /Visa Card वात पनि vote गर्न सकिन्छ । एक चोटिमा 1देखि 5000 सम्म भोटिङ गर्न मिलछ। Vote = Rs.5 पर्छ । यहाँ को सानो सहयोगले बिजेता हुन मदत पुगछ धन्यवाद!