स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जानकी पोस्ट ,२० पुस, काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।

उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News