२५ पुस, राजविराज । सप्तरीमा अर्काे हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ ।
पछिल्लो पटक खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।