सप्तरीको बोदेबरसाइन नगरपालिका-२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मृत्यु हुनेमा खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरी छन्। उनी मोटरसाइकलको बीचमा बसेका थिए।
विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश न.२-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।
उनका अनुसार दुर्घटनामा चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी घाइते छन्। तिनै जना सख्त घाइते भएकोमा उपचारको युनिक अस्पताल रुपनीमा लगिएकोमा सुदीपको मृत्यु भएको थियो।
घाइते रहेका सनि र दिवेशको दुबैको युनिक अस्पतालमा उपचार भइरहेको छ।
मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।