शिक्षामा १ खर्ब ८० अर्ब बजेट : दलित र मुस्लिम महिलालाई उच्च शिक्षा पढ्न पैसा नलाग्ने


जानकी पोस्ट : सरकारले शिक्षा क्षेत्रका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

बजेटमा दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ ।

बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि : शुल्क पढ्न पाउने व्यवस्था गरेको हो ।