आज बट- सावित्री (वर-साइत) पुजा मिथिलाञ्चलमा मनाइँदै


जानकी पोस्ट, २७ जेठ, जनकपुरधाम । मिथिला क्षेत्रका महिलाहरुले मनाउने बट सावित्री पर्व बिहिबार (आज) मनाइँदैछ । तर पर्व भने घरभित्रै मनाउनुपर्ने भएको छ ।

आफ्ना श्रीमानको दिर्घायु र सु–स्वास्थ्यको कामना गर्दै मिथिला क्षेत्रका महिलाले यो पर्व मनाउने गर्दछन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ ।

यो पर्वका अवसरमा अघिल्ला बर्षहरुमा सार्वजनिक ठाउँमा भएका वरको बृक्षमा महिलाको भींड लाग्ने गरिएपनि, यो कोरोना महामारीकाे कारणले यस पटक प्रहरीले घरमै यो पर्व मनाउन आग्रह गरेको छ ।

यस पल्ट धेरै जसो स्थानीय सरकारहरु बिहिबार मनाइने यो पर्व घरभित्रै मनाउन आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न लकडाउन लगाइएको समयमा घरभित्रै पर्व मनाउन स्थानीय सरकारले आग्रह गरेको हो ।

वट साबित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ–आफ्नो घर भित्र मनाउन आग्रह गरेको हो ।