कार्यसम्पादन राम्रो नरहेको भन्दै प्रदेश २ का ४ मन्त्री बर्खास्त


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् । कार्यसम्पादन राम्रो नरहेको भन्दै बर्खास्त गरिएको प्रदेश २ मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । उनीहरूमाथि कार्यसम्पादन राम्रो नरहेको र भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएको थियो । उनीहरू कामभन्दा पनि मन्त्री पदलाई दुरुपयोग गर्दै मोजमस्तीमा केन्द्रित रहेकोे जनाक्रोश थियो ।