जसपाका राज किशोर यादव पुन : मन्त्रि, अन्य ७ जना एमालेका मन्त्रि


२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई ओलीले आज मन्त्री बनाएका हुन्।

ओली मन्त्रिमण्डलमा अब प्रदेश-२ का मन्त्रीको बहुमत

प्रधानमन्त्री ओलीले नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेका छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो।

माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।

सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्।

बादललाई पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त

यस्तै प्रधानमन्त्रीले  कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री बनाएका छन्।

आज गृहमन्त्रीको सपथ लिन लागेका अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन्। लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन्।

नेपाल पक्ष छोडेका पहाडी सामान्य प्रशासन मन्त्री बन्दै

२०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए। नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेतक भएका हुन्।

ओलीको २५ सदस्यीय मन्त्रीमण्डलमा अधिकांश प्रदेश नम्बर २ का छन्। अर्थात १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन्। जुन ५६ प्रतिशत हो।

प्रचण्डले  प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले बनाए केन्द्रमा मन्त्री

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए भने शरदसिंह भण्डारी ऊर्जा मन्त्री भएका थिए।

अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए।

को हुन् गृहमन्त्री बन्न लागेका खगराज अधिकारी?

साथै ओलीले जेठ २१ मै एमालेबाट बिष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका थिए। पौडेल अर्थमन्त्री र महासेठ परराष्ट्र मन्त्री पनि छन्। शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनाएका थिए। उपप्रधानमन्त्री महासेठ र कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन्।

यस्तो बन्यो २५ सदस्यीय ओली मन्त्रिपरिषद