सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि गोली प्रहार, तीनजना पक्राउ


सिरहा : सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि पसलमै बसेको बेला गोली प्रहार भएको छ ।
मिर्चैया नगरपालिका ५ घर भइ मूख्य चोकमा सिद्धि मेडिकल हल सञ्चालन गरेका ३९ वर्षिय रामसागर साफीमामाथि गोली शनिबार साँझ गोली प्रहार भएको हो ।

पसलमा हिँसाब मिलान गरिरहेको बेला ३-४ जनाको समूहमा आएका हतियारधारीले गोली प्रहार गरेको जनाइएको छ ।
दाँया खुट्टा र हातमा गोली लागेका साफी गम्भीर घाइते भएका छन् । उनको उपचा मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पसलमा हिँसाब मिलान गरिरहेको बेलामा एकाएक बत्ती गरएको मौकाछोपी साफीमाथि अज्ञात हतियारधारी समूहले गोली प्रहार गरेको प्रहशरीले जनाएको छ ।

उनको पसल इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको छ । घटस्थलमा पुगेर अनुसन्धान थालेको र तीनजना शांकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको सिरहाका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माले बताए ।