सिरहाका पाँच स्थानीय तहले ल्याउन सकेनन् बजेट


Advertisement

सिरहाका १७ ध्ये १२ वटा स्थानीय तहले बजेट ल्याएका छन् । पाँच स्थानीय तहले भने तोकिएको समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को  दफा ७१ को उपदफा १ मा सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र गाउँ/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।





सभामा पेश भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफल सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

तर, गत वर्ष जस्तै यस वर्ष पनि जनप्रतिनिधिहरूबीचको विवादका कारण पाँच स्थानीय तहले तोकिएको समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका हुन् । सिरहाका कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले तोकिएकै समयमा बजेट ल्याउन सकेनन् ।

लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, अर्नमा गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका र भगवानपुर गाउँपालिकाले भने समयमै बजेट ल्याएका छन् ।

सिरहाको गोलबजार नगरपालिकाले ८१ करोड ५ लाख ७५ हजारको बजेट ल्याएको छ । नगरपालिकाले चालुतर्फ ४१ करोड २२ लाख ८८ हजार र पुँजीगततर्फ ३९ करोड ८१ लाख ७८ हजार बजेट बिनियोजन गरेको नगरप्रमुख देवनाथ साहले जानकारी दिए ।

धनगढीमाई नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८१ करोड २२ लाख ९१ हजार ७४ रुपैयाँको बजेट प्रस्तुत गरेको नगर प्रवक्ता प्रकास योञ्जनले जानकारी दिए ।

यस्तै, सिरहा नगरपालिकाले ७९ करोड ४० लाख १८ हजार बजेट विनियोजन गरेको छ । मिर्चैया नगरपालिकाले ६८ करोड ४९ लाख ११ हजारको बजेट प्रस्तुत गरेको नगरप्रमुख श्रवण कुमार यादवले बताए ।

सिरहाकै सुखीपुर नगरपालिकाले ४९ करोड ३३ लाख ६५ हजारको बजेट ल्याएको छ ।

बजेट ल्याएका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिएका छन् । सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै सिरहाका स्थानीय तहले बजेट ल्याएका हुन् ।

Advertisement

नेपालीहरूको महान चाड 2078 सालको विजया दशामीको हदिॅक मङ्रगलमय सुःखा र शान्तीको कमाना व्याक्त गदॅछु !