औद्योगिक क्षेत्रलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्छु : उद्योगमन्त्री यादव


जानकी पोस्ट : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कोरोनाका कारण असर परेको औद्योगिक क्षेत्रलाई गतिशील बनाउन ध्यान केन्द्रित गर्ने बताएका छन् ।

विहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री यादवले कोरोनाबाट आम जनताका साथै मुलुकको आर्थिक क्षेत्रमा पनि निकै ठूलो असर परेको भन्दै यस क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

आफूले पाएको जिम्मेवारीलाई सफलताका साथ पूरा गर्ने उनले बताए । उनले औधोगिक क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको र त्यस्ता क्षेत्रलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताए ।