महोत्तरीमा सुतिरहेको अवस्थामा एक महिलाको हत्या


Advertisement

महोत्तरी/असोज २८ गते।महोत्तरीको मडैमा घरमै सुतिरहेको ओछ्यानमा एक महिलाको ह त्या भएको छ ।

जिल्लाको महोत्तरी गाउपालिका ३ मडई पुर्वारी टोल निवासी स्व. लाल किशोर झा कि श्रीमति अन्दाजी ४२ वर्षिया शिला देवी झा को ह त्या गरिएको अवस्थामा श व घरमै फेला परेको प्रहरीले जनाएको छ ।





जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यको अनुसार राति घरमै सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गरी उनको ह त्या गरको प्रारम्भिक अनुसन्धानमा देखिएको र हथौडा समेत घटना स्थलमै बरामद भएको उनले बताए ।

ह त्या गरिएकि महिलाको जेठो छोरा भारतको गुजरातमा वस्दै आएका र कान्छो छोरा मामा घर जलेश्वर आएका वेला राती उनको घरमा कोहि प्रवेश गरि ह त्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

घटना स्थलमै प्रहरीको अनुसन्धान टाली सहित तालिम प्राप्त कुकुर समेत पुगेर घटना स्थलको जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

ह त्या कसले किन गरेको हो भन्ने खुल्न सकेको छैन । ह त्या गर्नेको खोजविन भइरहेको घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।