जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।
विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:
२०७८ असोज २९ गते (शुक्रबार)
राति: प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
२०७८ असोज ३० गते (शनिबार)
दिउँसो: देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
२०७८ असोज ३१ गते (आइतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।