एकाबिहानै भूकम्पको धक्का


Advertisement

काठमाडौं : आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका अनुसार गोरखा केन्द्रविन्दु भएको भूकम्प गएको हो।





यसअअघि पछिल्लोपटक १६ गते दुई वटा भूकम्पको धक्का महसुस भएका थिए। सिन्धुपाल्चोक केन्द्रविन्दु भएका ४.६ र ४.१ रेक्टर स्केलका भूकम्प महसुस गरिएका थिए।