सिरहामा ‘पैगम्बर डे’को जुलुसमा रथबाट लडेर एक बालकको मृत्यू

सिरहा : मोहम्मद पैगम्बर डेको अवसरमा बुधवार सिरहामा निकालिएको जुलुसमा सहभागी रथबाट लडेर एक बालकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा सिरहा नगरपालिका १२ सारश्वरका इस्लाम मियाँका १० वर्षीय छोरा जाहिद राइन रहेका छन् । रथबाट लडेर घाइते उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएको प्रहरीको भनाई छ । जुलुस सिरहा सदरमुकामको विभिन्न भागमा परिक्रमा गरी सारश्वर फर्किने क्रममा रथबाट ति बालक लडेको थियो ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News