काठमाडौं : देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको छ। सरकारले आज मंगलबार र भोलि बुधबार राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउँदैछ।
झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।