Bhojmandu

जनकपुरको मतगणनामा दलका प्रतिनिधिबीच वादविवाद, तीन जना पक्राउ

जनकपुर : धनुषाको जनकपुर उपमहानगरपालिकामा मतगणनाका क्रममा दलका प्रतिनिधिबीच वादविवाद भएको छ।

मतगणनाका क्रममा राति साढे १२ बजेतिर प्रतिनिधिबीच विवाद भई छुरा प्रहारसम्मको घटना भएको छ। वादविवादपछि प्रहरीले प्रतिनिधिलाई बाहिर निकालेको थियो। घर पठाइएका प्रतिनिधिमाथि घर क्षेत्रमै छुरा प्रहार तथा आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालयले दुई जना सामान्य घाइते भएको जनाएको छ।

‘जनकपुरमा मतगणनामा बसेका प्रतिनिधिबीच कटाक्ष भइरहेको अवस्थाले वादविवाद भयो,’ एक प्रतिनिधिले भने,  ‘स्वतन्त्र उम्मेदवार जानकीराम साहका मान्छेमाथि छुरा प्रहार भएको छ। पल्टु, काले र गोपाल पाठक आक्रमणमा परेका हुन्।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार अहिले अवस्था सामान्य भइसकेको छ। स्वतन्त्र उम्मेदवार जानकीराम साहका एक जना प्रतिनिधि र बलराम साहका दुई जना प्रतिनिधि प्रहरी नियन्त्रणमा छन्।

अहिले यहाँ वडा नम्बर ४ को मतगणना जारी छ।



Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow

Trending News