Bhojmandu

अपरहणको नाटक गरेर परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवा पक्राउ

७ असार, काठमाडौं । प्रहरीले अपरहणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजगणढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार उनले असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउँछु भनी डेराबाट हिडेको र पछि मोबाइल स्वीच अफगरी परिवारलाई फिरौत रकम माग्‍न अपरहणको नाटक गरेका थिए । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिप्ससमेत पठाएको प्रहरीको दाबी छ ।

 

पक्राउ परेका उनमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।



Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow

Trending News