Bhojmandu

अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको व्यक्ति पक्राउ

जानकी पोस्ट, बारा। मधेश प्रदेशको बारा जिल्ला स्थ्ति कलैया उपमहानगरपालिका–७ बरेवा टोल बाट एक जनालाइ नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।



Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow

Trending News