Bhojmandu

जब आफैं चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ? : डा. सीके राउत

जानकी पोस्ट, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए । ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन्’ उनले भने, ‘हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’

उनले अघि भने, ‘जब आफैं चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’

अध्यक्ष राउतले अन्य पार्टीले अरु दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौं, पैसा छैन । अर्काे पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।



Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow

Trending News